काठमाडौं आउँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्किएर दुर्घटना
काठमाडाैं | मंसिर १४, २०८०
सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज.१.च.८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा.३.ख.६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्। एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका-१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका-१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन्।
उनीहरू १ वर्षीय बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै थिए। दुर्घटनाबाट ती बालकको टाउकोमा चोट लागेको छ।
उनीहरूलाई आज बिहानै अर्कै एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको डिएसपी दाहालले जानकारी दिए। एम्बुलेन्सका महोत्तरीको मनरासिसुवा नगरपालिका-१ का राजु सिंह र ट्रक रामेछापको मन्थली नगरपालिका-१ का ४५ वर्षीय भेष बहादुर पाण्डेले चलाएका थिए।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

